नियम ४४
यातायात सेवाको नाम पञ्जिकृत गर्ने
(१) ऐनको दफा ९३ बमोजिम यातायात सेवाको नाम पञ्जिकृत गरी यातायात सेवा सञ्चालन गर्न चाहने सवारी धनी वा व्यवस्थापकले देहाय बमोजिमको कागजात तथा अनुसूची–३ बमोजिमको दस्तुर सहित विभाग समक्ष अनुसूची–४७ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछः–
(क) प्रोपाईटर, साझेदार वा प्रथम सञ्चालकहरूको नागरिकताको प्रमाणपत्र,
(ख) सञ्चालन गर्न खोजेको यातायत सेवा अन्र्तगत रहेका सवारीको दर्ताको प्रमाणपत्र,
(ग) सञ्चालन गर्न खोजेको यातायात सेवा यस अघि अन्य कुनै नामबाट सञ्चालन भएको भए त्यसको दर्ता प्रमाणपत्र, आयकर
दर्ता प्रमाणपत्र र कर फछ्र्यौट प्रमाणपत्र,
(घ) सञ्चालन गर्न खोजेको यातायात सेवाको प्रबन्धपत्र र नियमावली,
(ङ) सञ्चालन गर्न खोजेको यातायात सेवा अन्र्तगत काम गर्ने चालक, परिचालकलाई दिइएको अनुसूची–६२ बमोजिमको
नियुक्तिको प्रतिलिपि र अन्य कर्मचारीहरूको विवरण ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा विभागले आवश्यक जाँचबुझ गर्दा त्यस्तो यातायात सेवाको नाम पञ्जिकृत गरी यातायात सेवा सञ्चालन गर्न दिन उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही अनुसूची–४८ बमोजिमको ढाँचामा यातायात सेवा पञ्जिकृत किताबमा पञ्जिकृत गरी यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र दिनेछ ।